मादीको खिलाङमा पहिरोले गोठ पुरियो, जोखिममा गाउँ

तप्राङमा तीन घरमा क्षति

पाेखरा | असार ६, २०८२

मादीको खिलाङमा पहिरोले गोठ पुरियो, जोखिममा गाउँ

पोखरा:   कास्कीको मादी गाउँपालिका–१ खिलाङमा गएराति पहिरो जाँदा डुमप्रसाद गुरुङको गोठसँगै २ वटा भैसी पुरिएको छ । 


बिहीबार रातिकोे अविरल वर्षासँगै आएको पहिरोले गुरुङको गोठसँगै दुईवटा भैसी पुरिएको मादी गाउँपालिका–१ का वडासदस्य प्रेम बहादुर गुरुङले सुनगाभा न्यूजसँग बताए । 


‘हिजो रातिको अविरल वर्षासँगै खिलाङ गाउँ भन्दा माथिबाट आएको पहिरोले डुमप्रसाद गुरुङको गोठसँगै दुईवटा भैसी पुरेको छ, गाउँपालिका र प्रहरीलाई खबर गरेका छौं, वडा सदस्य गुरुङले भने, ‘पहिरोले गोठमा राखेको काठ चिर्ने मेसिन समेत पुरेको छ, पहिरोले गोठ नजिक रहेको घरलाई समेत सामान्य क्षति गरेको छ ।’


उनका अनुसार काहुँखोला–सिक्लेस सडकखण्डको ग्याबिन जालीलाई समेत पहिरोले क्षति पु¥याउँदा गाउँ नै पहिरोको जोखिममा रहेको बताए । 


यस्तै मादी गाउँपालिका–६ मा गएरातिको वर्षासँगै आएको पहिरोले तीन वटा घर र गोठमा क्षति पु¥याएको वडाध्यक्ष डिलबहादुर क्षेत्रीले बताए । 


‘गएराति पौने १२ बजेतिर गएको पहिरोले स्थानीय विरबहादुर रानाको २ वटा घर बस्नै नमिल्ने गरी जोखिममा परेको छ भने, सन्तबहादुर रानाको समेत घरमा पहिरोले क्षति पु¥याएको छ, वडाध्यक्ष क्षेत्रीले भने, सुर्यबहादुर थापाको गोठ र कुखुराको खोर पहिरोले पुरेको छ, घर पनि जोखिमै रहेको छ ।’

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्